गोरखा –यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ। यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर
काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव नपर्ने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तिहारका विभिन्न दिनमा विशेषगरी देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली देखिने सम्भावना छ। त्यस्तै, कतिपय स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ। […]
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ। कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए। स्वर्गीय गौतम विसं २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बाराको निर्वाचन क्षेत्र नं ३ बाट […]
मोरङ – मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो इलाका प्रहरी