नेपालगञ्ज – बाँकेमा २६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लाका तीन वटा ल्याबमा एक सय १२ जनाको परीक्षण गर्दा २६ जनामा कोरोना देखिएको हो। भेरी अस्पतालमा ६४ जनाको जाँच गर्दा १७ जना, कोहलपुर मेडिकल कलेजमा ३६ जनामा आठ जना र बागेश्वरी ल्याबमा १२ जनामा एक जनालाई […]