पत्रकारलाई नियन्त्रणमा लिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा छन्।मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले विश्वकर्माको रिहाइको माग गरेको छ। ‘राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ।’

सम्बन्धित सामग्री

पत्रकारलाई ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]

पत्रकार सुवेदीलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

काठमाडौँ–नेपाल पत्रकार महासंघले पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ। जिम्मेवार पदमा बसेको व्यक्तिबाटै अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय भएको भन्दै महासंघले आपत्ती जनाएको हो। महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘समाचारको विषयलाई लिएर अनलाइनखबर डटकममा कार्यरत […]

पत्रकारलाई अनेरास्ववियुकी अध्यक्ष बरालले धम्क्याएकोप्रति महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ । महासंघले जिम्मेवार पदमा बसेको व्यक्तिबाटै अभिव्यक्ति स्वतन्त्रत्राको नाममा पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय भएको जनाएको छ ।

पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ । हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।  महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईले सोमबार विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर सम्पादक मोती खनाललाई थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । २०७९ साउन […]

धनगढीको नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति

२७ असार, धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ कैलालीले गम्भीर आपत्ति जनाएको छ । सोमबार महासंघका अध्‍यक्ष हिमालय जोशीले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा पत्रकार जनक विष्टलाई रोक लगाएकोप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नगरसभाजस्तो जनताको प्रत्‍यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारले उपमहानगरपालिकाका […]

पत्रकारलाई दुर्व्यवहार गर्ने र धम्की दिने गुरागाईंलाई कारबाही गर्न महासंघको माग

पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि नेपाल आज नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार...

पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको आपत्ति

काठमाडौं : हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।  महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति सार्वजनिक गर्दै जेठ २३

समाचार संकलनमा रोक लगाएकोमा महासंघको आपत्ति - Naya Patrika

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुस्ताङस्थित मुक्तिनाथ मन्दिर...पूरा पढ्नुहोस् »

पत्रकारलाई दिएको धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं : नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले पत्रकार छविलाल तिवारीलाई भौतिक कारबाही गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको ...