जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने […]