बाजुराको गौमुल गाउँपालिकामा एमालेको प्यानलै विजयी

बाजुराको गौमुल गाउँपालिकामा वडादेखि पालिकासम्म सबैमा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका छन् । ०७४ को निर्वाचनमा पनि उनीहरू दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा जितेका थिए ।