सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

काठमाण्डाै – सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ ...