फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...