रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

सम्बन्धित सामग्री

रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने

काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका […]

रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा

काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् । चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख […] The post रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हर्क साम्पाङलाई भेट्न पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन

हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो ।’आफूले स्वतन्त्रसँग पौठेजोरी खेल्न पार्टीको नाम स्वतन्त्र नराखेको प्रस्तुत पारे । ‘हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जा

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले रातोपाटीलाई  जानकारी दिए । लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’ अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधान

रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता

काठमाडौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबिच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको […]

कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ […]

परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो : रवि लामिछाने

टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् । एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट

रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने

काठमाडाैं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले आफुले काम गर्दै आएकाे ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण […] The post रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

चर्चित टेलिभिजनकर्मी रवि लामिछाने न्युज२४ बाट बाहिरिए

चर्चित टेलिभिजनकर्मी रवि लामिछाने टेलिभिजन च्यानल न्यूज२४ बाट बाहिरिएका छन् । केही वर्षदेखि ‘सिधा कुरा जनता’सँग कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेले सोही कार्यक्रममार्फत जनचासो, भ्रष्टाचार र बेथितिका विषयमा रिपोर्ट बनाउँदै र बोल्दै आएका थिए । यो बीचमा उनी केही विवादमा समेत आएपनि समग्रमा उनले दर्शकको मन जितेका थिए । लामिछानेले सामाजिक सञ्जालमार्फत टेलिभिजनसँगको ‘सुखद सहयात्राबाट विश्राम लिएको जानकारी दिँदै भोलिको एपिसोड अन्तिम हुने बताएका छन् । उनी छिट्टै अर्को टेलिभिजन च्यानलमार्फत सोही प्रकृति...