पोलियोविरुद्ध खोप लगाउने समय तालिका परिवर्तन

सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको हो ।सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।महाशाखाका अनुसार हाल प्रभावकारिताका लागि पोलियो विरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

पोलियोविरुद्धको एफआईपीभी खोप लगाउने नियमित तालिका परिवर्तन

सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ।