कपटी ज्वाइँ : जग्गा नामसारी गर्ने बहानामा सासूसँग २८ लाखको तमसुक

रौतहट : जग्गा नामसारी गराइदिने बहानामा एक व्यक्तिले सासूलाई लाखौँको रुपैयाँको फर्जी तमसुक गराएको खुलासा भएको छ। जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरका धुपलाल साहकी श्रीमती गणपति देवीसँग रौतहटकै कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका शिवशरण साहका ठूल्दाइ रामविलास साहले जग्गा नामसारी गराउने बहानामा झुक्याएर २८ लाखको कपाली तमसुकमा सहीछाप गराएको रहस्य खुलेको छ।पीडित गणपति देवीका पिप्रा पोखरियाका शिवशरण साह ज्वाइँ हुन् भने जग्गा नामसारी गराइदिने नाममा तमुसकमा सहीछाप ग