विपिन भन्छन्- ठूलो इन्डस्ट्री भनेपछि नर्भस भइँदो रहेछ

काठमाडौं : नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गरेका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि अफर गरेका छन्। जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नेछन्। विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको कुरा विश्वास नै नलागेको बताएका छन्। ‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भन