धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

‘स्वतन्त्र’ शब्दको ‘चीरहरण’

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजधानीको मुटु रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भए । खासै धेरै चर्चामा नआएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि चौथो स्थानको मत पाए । उता धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका प्रमुखमा पनि स्वतन्त्र उम्मेदवार विजयी भए ।  यसपटक देशका ७ सय ५३ स्थानीय तहमा विभिन्न पदमा गरी ८ हजार ७१ जनाले  स्वतन्त्र उम्मेदवारी दिएकोमा ३ सय ८७ जना विजयी भए ।

बालेन साहसहित स्वतन्त्रबाट जितेका मेयरका यस्ता छन् अवसर र चुनौती

स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यो पटक स्वतन्त्र उम्मेदवारहरूको लहर आएको छ । देशको राजधानीमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् ।यस्तै, धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा पनि मनोजकुमार साह सुडी स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा निर्वाचित भएका छन् ।यस्तै अन्य केही नगर तथा गाउँपालिका र वडाहरूमा पनि स्वतन्त्र उम

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता

जेठ ३, मोरङ । प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मन्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा  नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरेका छन् । धरानका पाँच वडाको मत परिणाम सार्वजनिक  धरान उपमहानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन् । वडा नं २ दुईमा वडाध्यक्षमा नेकपा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरेका थिए ।  वडा नं ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए । वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरेका थिए । यस्तै वडा नं ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गरेका थिए । यसैगरी इटहरी उपमहानगपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले चार हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइरहेका छन् । यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका सङ्गीताकुमार चौधरीले दुई हजार ८९० र नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले दुई हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । इटहरी उपमहानगपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए ।  वडा नं २० मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मणिराम श्रेष्ठले दुई हजार ४०६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले एक हजार ५५८ मत प्राप्त गरेका थिए । रासस