बर्खा नलाग्दै बागलुङ बजार जलमग्न

बागलुङ : जब ठूलो वर्षा हुन्छ, तब बागलुङ बजारको मुख्य चोक जलमग्न हुन्छन्। नाली थुनिएर सडक जलमग्न हुनुका साथै पसलमा समेत ढलसहितको भल पस्दा व्यापारीले ठूलो समस्या खेप्नु परेको छ। अव्यवस्थित ढलका कारण बजारवासीले वर्षौँदेखि समस्या खेप्दै आएका छन्। भलसँगै आएको पानी सडकमा मात्रै ताल बन्दैन, बजारवासीको घर, पसलभित्रै पुग्छ। बागलुङ बजारको मुख्य केन्द्र हल्लन चोक, समीक्षालय चोकका व्यापारी तथा स्थानीय वर्षौँदेखि हैरानी खेप्दै आएका छन्। बागलुङ नगरपालिकाले सफा र सुन्दर नगरको नारा लगाए पनि