एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्छ : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्। एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको उनको भनाइ थियो।अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे।राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई शुक्रबार काठ

सम्बन्धित सामग्री

बागमतीमा सत्तारुढ गठबन्धन दलसँग बहुमत

काठमाडौं, १५ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका छन् । योसँगै बागमती प्रदेशमा तत्कालका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सरकार जोगिएको छ । कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा […]

सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने सञ्चार मन्त्री कार्कीको प्रतिक्रिया

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन।...

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको छ : नेम्वाङ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाई थियो । पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन […]

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको छ : सुवास नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाई थियो ।पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहोर्याए । उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ । जसअनुसार गठबन्धनको तर्फबाट समन्वय समिति प्रमुखको लागि नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव दिपक गौतमले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका […]

स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् । सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको […]

सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन्।...

सत्तारुढ गठबन्धन नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका हुन् । शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया समेत दिए । अध्यक्ष दाहालले भने, ‘हामी छलफ

सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्मै रहन्छ : कांग्रेस नेता खड्का

सत्तारुढ प्रमुख दल कांग्रेसका नेता दिपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा खड्काले कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई निर्वाचनमा सँगै लिएर...

सत्तारुढ गठबन्धन नाङ्गो भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ गठबन्धन नांगो भएको टिप्पणी गरेका छन् ।