मलाइ भोट नदिनेहरुको पनि सभापति मै हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए ।मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’,समेत दउवाले भने।