नक्कली कागजात बनाएर अरूको 'ट्रायल' दिने ५ जना पक्राउ

काठमाण्डाै – नक्कली कागजात बनाएर अरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने पाँच जना भक्तपुरबाट पक्राउ परेका छन् ।  मध्यपुर थिमिको राधेराधे इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका मनिष श्रेष्ठ, टुल्कुसिँह तामाङ र मनिष लामिछाने, कालीकोटका इन्द्रबहादुर शाही  र गोरखाका राजकुमार श्रीमल रहेका छन् । उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्त...

सम्बन्धित सामग्री

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड  ७० लाख रुपैयाँमा बिक्री गरेको जनाएको छ ।