सामाजिक सञ्जालमा मजाकको पात्र बने नेइमार

१९ असार, काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए । तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको 'नाटक' को बारेमा धेरैले चर्चा गरेका छन् । मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा …