नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साेमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।  नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस स...