प्रहरीलाई भुँडीको भारी : ज्यान निकै भद्दा हुँदा जिल्ला–जिल्लामा शुरू भयो भुँडी घटाउने अभियान

प्रहरी भन्नेबित्तिकै आममानिसको दिमागमा आउने दृष्य हो– सुगठित एवं तन्दुरुस्त शरीर र सपक्क मिलेको निलो बर्दी । तर नेपालको परिप्रेक्ष्यमा यस्ता कल्पना वास्तविकतामा पनि मिलिहाल्छ भन्ने छैन । तन्दुरुस्त रहनु पेशागत प्रकृति नै भएपनि प्रहरीका हाकिमहरू भुँडीबाल देखिनु नेपालमा आम विषय नै हो । प्रहरी हबल्दारदेखि माथिका हाकिममा यो समस्या बढी देखिन्छ । त्यस्ता प्रहरी कर्मचारीहरू झडप हुँदा दगुर्न नसक्ने, कुनै अपराधीलाई पच्छ्याउनु पर्दा भेट्न नसक्ने जस्ता गम्भीर समस्या आउने गर्छ । थोरै कुद्दा पनि स्वाँस्वाँ गरिरहेका देखिन्छन् । ...