सिरहाबाट ९ महिनामा हटाइएका प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् । पुस १८ मा १ बजे राति पाण्डेले नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेर धम्क्याएको आरोप छ । सभापति यादवले मध्यराति आफ्नो घरमा आएर पाण्डेले पेस्तोल निकालेर घरभित्र पस्न खोजेको तर, ढोका नखोलेर प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताएका छन् ।