राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।

सम्बन्धित सामग्री

विदेशी अस्पताल चहार्दै नेपालका विशिष्ट व्यक्ति, अलपत्र वीरको विशिष्ट उपचार कक्ष

काठमाडौं : स्वास्थ्य समस्या भएपछि यतिखेर राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्।यसअघि नियमित रूपमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेल बुधबार निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य सहयोगीका साथ एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एम्स अस्पताल पुगेका हुन्।उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो। एन्टीबायोटिक पूरा चलाउँदा समेत सुधार नभएपछि च

भारतमा राष्ट्रपति पाैडेलकाे उपचार सुरु

काठमाण्डाै – भारतको नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे&...