भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं : नेपालस्थित भारतीय दूतावासमा पनि विभिन्न कार्यक्रम गरी भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ। काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले सोमबार एक समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो। दूतावासमा भारतीय झण्डा फहराएर शुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश पढेर सुनाएका थिए।भारतीय सैनिक सेवाका क्रममा मारिएकाको परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गर