श्रीलङ्कामा हिंसात्मक झडप, सत्तारूढ दलका सांसदकाे ज्यान गयाे

श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएकाे प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो ...