राष्ट्रिय सभा सदस्यको नामावली टुङ्गो लगाउन जसपा बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मङ्गलवार) बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।