एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित, कांग्रेस विजयी

रुपन्देही - एमाले उपाध्यक्ष बिष्णु पौडेलले मतदान गरेको बुटवल-८ मा कांग्रेसले वडाध्यक्ष जितेको छ । पूर्व नगर अध्यक्ष समेत रहेका एमालेका ज्ञानप्रसाद अर्याललाई हराउँदै कांग्रेसका यज्ञप्रसाद पङ्गेनी वडाध्यक्षमा विजयी हुनुभएको हो । पङ्गेनीले १ हजार ५ सय ३९ मत प्राप्त गर्दा अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गर्नु भएको छ । पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलको घर बुटवल ८ मै छ । बुटवलका १९ वडामध्ये १७ वडाको नतिजा आएको छ । ती मध्ये एमालेले ४ वटा वडा मात्रै जितेको छ । गएको स्थानीय चुनावमा १६ वटा वडामा एम...