तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुकाे विकल्प छैन : याेगेश भट्टराई

काठमाण्डौ – नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ ।  आज मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रियामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गर्नुभएको हो । उहाँले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उहाँक...