अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।