काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीकातर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने भएको छ । रास्वपाका कार्यवाहक सभापति डीपी आर्यालले एमालेको निमन्त्रणामा पार्टीका तर्फबाट महामन्त्री बुर्लाकोटीलाई उद्घाटन समारोहमा खटाएका हुन् । महामन्त्री बुर्लाकोटी भने पार्टी कामको सिलसिलामा यतिबेला सुर्खेतमा रहेका छन् । उनी आजै जहाजमार्फत काठमाडौँ आउने तयारीमा रहेका छन् […]