संयुक्त राष्ट्रसंघको इकोसकले मनायो ८०औं वार्षिकोत्सव, बहुपक्षीयताको नयाँ मोडमा जोड

संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ले शुक्रबार न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा विशेष समारोहका साथ आफ्नो स्थापनाको ८०औं वार्षिकोत्सव मनाएको छ। समारोहको अध्यक्षता गर्दै नेपालका तर्फबाट इकोसक अध्यक्ष लोकबहादुर थापाले यस अवसरलाई “बहुपक्षीयताका लागि एउटा मोड” र मानिस तथा पृथ्वीका लागि “अझ राम्रो परिणाम दिने” राष्ट्रसंघीय प्रणालीको क्षमताको परीक्षाको रूपमा वर्णन गर्नुभयो। “इकोसक ८०: बहुपक्षीयताका […]