दाङमा कुलाे निर्माणका क्रममा भएकाे विवादमा गाेली चलाउने पक्राउ

दाङ - कुलोपानीको विषयमा विवाद हुँदा दाङको तुलसीपुर-८ अश्वारामा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणकाे विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो । कुलोको विषयमा विवाद हुँदा तुलसीपुर-८ चन्द्रगञ्ज वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिनुभयाे । प्रहरीले फायरिङ गरेक...