रामचन्द्रलाई भोट माग्दै निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’

गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने । यसअघि दीपक मनाङे एमाले र कांग्