माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ - लमजुङमा माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गनुभयो। उहाँका प्रतिस्पर्धी माओवादीका देव गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याउनुभएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो ।