पर्यटक भिसा रहेकालाई हज यात्रामा सहभागी हुन नदिने साउदी सरकारको निर्णय

साउदी अरेबियाले पर्यटक भिसामा आउनेहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको छ । साउदीको हजा तथा उमरा मन्त्रालयले विज्ञप्ति निकालेर पर्यटन भिसामा आएकाहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको हो । यस्तै मन्त्रालयले हज यात्रामा सहभागी हुने व्यक्ति र गाडी दुवैका लागि अनुमति अनिवार्य गरेको पनि जनाएको छ । साउदी अरेबियाले जुन २६ देखि हज यात्रा सुरु गर्ने तयारी गरेको छ । साउदी अरेबियाले हरेक देशका लागि हज यात्रीको कोटा निर्धारण गरेको छ । यस वर्ष सबैभन्दा धेरै इन्डोनेसिया र त्यसपछि पाकिस्तान, ...