१९ वर्षका दुई विद्यार्थी, जसले दिलाए कैदीबन्दीलाई मताधिकार

उमेरले २० वर्ष पनि नकटेका दुई विद्यार्थी असार ९ गते बिहीबार हातमा ठूलै फाइल बोकेर सर्वोच्च अदालत पुगे । कलेज ड्रेसमै सर्वोच्च अदालत पुगेका उनीहरू कलेजको ल्याएको फिल्डवर्कमा आएका थिएनन् । बरु एउटा महत्त्वपूर्ण मुद्दा बोकेर मुद्दा दायर गर्ने प्रयोजनका लागि सर्वोच्च अदालत पुगेका थिए । ती दुई विद्यार्थी थिए, काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरमा अध्ययनरत निशान्त पोखरेल र प्रदीक्षा केसी । काठमाडौँ स्कुल अफ ल मा ५ वर्षे बीए एलएलबी अध्ययन गरिरहेका उनीहरू भविष्यका अधिवक्ता त हुन् नै । तर उनीहरुले त्