आचारसंहिता उल्लंघन गर्ने दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ।अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुखनेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराएको हो।‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ 

सम्बन्धित सामग्री

कांग्रेस नेता विश्वप्रकाश शर्माविरुद्ध परेकाे उजुरी निर्वाचन आयाेगकाे तामेलीमा

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ। निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो। तर, उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको […]

आचारसंहिता उल्लंघन

निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । पछिल्लो समय आयोगले नेकपा (माओवादी केन्द्र) की नेत्री विना मगर र नेकपा (एमाले) का नेता योगेश भट्टराईसँग स्पष्टीकरण मागेको समाचार ‘ट्रेन्डिङ’ भैरहेको छ । कम्तीमा आयोगले आचार संहिताको पालना गराउने कार्यमा सक्रियता देखाएको र यसले लोकतान्त्रिक चरित्र निर्माणमा […]

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौँ– आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, ‘आचारसंहिता उल्लङ्घन […]

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको धमाधम स्पष्टीकरण

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उलङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्ने देखि सचेतसमेत गराउँदै आएको छ ।निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्ने सानो या ठूलोलाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लङ्घनको विषय सबैलाई समान रुपमा

पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ । आयोगले सोधेको स्पष्टीकरणको […]

आचारसंहिता उल्लंघनमा प्रचण्ड र सिके राउतसहित ६ जनालाई स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ६ जनालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य दलका नेता र कर्मचारीसँग स्पष्टीकरण मागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

प्रचण्डसहित ६ व्यक्ति र आठ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र आठ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागु गरिएको...

राष्ट्रिय सभा अध्यक्षले आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पर्वतका राजनीतिक दलहरुले कारवाहीको माग गरेका छन् ।उनीहरुले अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने,सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको भन्दै कारवाहीको माग गरेका हुन् । नेपाली काँग्रेस,नेकपा माओवादी क

आचारसंहिता उल्लंघन गर्ने तीनदललाई कारबाहीको सिफारिस

काठमाडौं, १६ बैशाख । निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले तीन राजनीतिक दल, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शंशाक कोइरालालाई कारबाहीको सिफारिस गरेको छ । आयोग सचिवालयको बिहीबार बसेको बैठकले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कारबाही गर्न सिफारिस गरेको […]