काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]