देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे, ‘मतपेटिका ढुवानीका लागि गाडी तैनाथ’

काठमाण्डाै – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँ...

सम्बन्धित सामग्री

सुन्दरले २० ओटा विद्युतीय बस थप्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक निजीक्षेत्रबाट विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिले थप २० ओटा बस चलाउने भएको छ । हाल चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी चारओटा बस चलाइरहेको सुन्दरले उपत्यकाका सबै रूटमा बस सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागेको हो । बुधवार सुन्दर यातायातको तेस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अबको २५ दिनभित्र नयाँ २० ओटा बस आइपुग्ने जानकारी दिए । कुल रू. ११ करोड लागतमा कम्पनीले चीनको बीएके कम्पनीबाट ती बसहरू खरीद गरेको हो । अबको ६ महीनामा सुन्दरले सञ्चालन गर्ने विद्युतीय बसको संख्या १ सय पुर्‍याउने लक्ष्य लिएको जानकारी थापाले दिए । कम्पनीले २०७६ भदौमा दुईओटा बसबाट उपत्यकामा विद्युतीय यातायात सञ्चालनमा गरेकोमा त्यसपछि दुईओटा बस थपेको छ । कम्पनीले अघिल्लो वर्षमा नै २५ ओटा बस थप्ने बताएकोमा हालसम्म पनि नयाँ बस भने ल्याउन सकेको छैन । कोभिडको असरका कारण निर्धारित समयभन्दा केही ढिलो भएको बताउँदै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले उपत्यकाका सबै रूटमा विद्युतीय बस पु¥याउने गरी बस थप्न लागिएको बताए । कम्पनीले सञ्चालन गरिरहेका बस ४० सीट क्षमताका हुन् र एकपटकको चार्जमा २६५ किलोमीटरसम्म बस गुड्न सक्छन् । कम्पनीका अनुसार बसमा डिजिटल पेमेन्टको समेत व्यवस्था गरिएको छ भने यी अपांगमैत्री पनि छन् । सुन्दरले विद्युतीय गाडी एसेम्बल गरी बंगलादेशसम्म निर्यात गर्ने दीर्घकालीन महŒवाकांक्षी योजना बनाएर  एसेम्बलिङ प्लान्ट निर्माणको काम अघि बढाएको छ । कम्पनीले बुटवलको सैनामैना नगरपालिकासँग ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएर करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीमा प्लान्ट स्थापना गर्न लागेको सुन्दरले प्लान्ट निर्माणका लागि कम्पनी छनोट गर्न टेन्डर पनि आ≈वान गरिसकेको छ । उक्त उद्योगमा नेपालका तर्पmबाट कम्पनीको लगानी भने एकदमै न्यून छ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भएकोमा उद्योगमा चीनको सिचुआन गुहाङ अटोमोबाइलको ४७ प्रतिशत र यूएईको सेक कम्पनीको ४६ प्रतिशत लगानी रहनेछ भने सुन्दरको तर्पmबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने कम्पनीले जानकारी दिएको छ ।

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।