डायलासिस नपाएरै दिवंगत भएकी श्रीमतीको सम्झनामा अस्पताललाई सहयोग

पर्वत : पर्वतको मोदी गाउँपालिकास्थित बाजुङ घर भई पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको गत वर्ष असार २६ गते उपचारको क्रममा छाउनी अस्पताल काठमाडाैंमा मृत्यु भयो।उच्च रक्तचापको पीडा भोग्दै आएकी उनको मिर्गौलासमेत फेल भएपछि करिब एक वर्षसम्म श्रीमान् रामबहादुर थापाले पोखरा र काठमाडाैंका विभिन्न अस्पतालमा डुलाए।जति नै प्रयास गरे पनि परिवारले उनलाई बचाउन सकेन। ५१ वर्षको उमेरमा मिर्गौला फेल भएर श्रीमतीको मृत्यु हुँदा श्रीमान् थापा विक्षिप्त थिए। काठमाडाैंमा शान्ताको डायला