स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् । त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरप