नेकपा एमालेका नेता घनश्याम भुसालले मंगलबार एक पत्रिकामा लेख लेख्दै एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने लबिङ गरेका छन् । भुसालले लेखमा अब वाम एकताको अभियान नै चलाउने बताएका हुन् ।एमाले नेता भुसालले बहस प्रारम्भ गरेको भोलिपल्ट बुधबार लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता वर्षमान पुनले पनि एमालेसँग चुनावी तालमेलको ढोका खुल्लै रहेको बताएका छन् । तर, तीन पार्टीबीच एकता गर्नुपर्छ भन्ने एमाले नेता भुसालको ‘अभियान’ का सन्दर्भमा बुधबार रातोपाटीले एकीकृत समा