पदाधिकारीमा केही संख्या थपेर भएपनि सर्वसम्मत नेतृत्व चयन गरौं भन्ने प्रतिनिधिको भावना छ– गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधनमार्फत पदाधिकारी थप गरेर भएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने प्रतिनिधिको भावना रहेको बताएका छन् । दशौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नेतृत्वमा सहमति जरुरी रहेको उनले बताए ।  शुक्रवार राति चितवनको सौराहामा पत्रकारहरुसँग कुरा गर्दै विष्टले कसले उम्मेदवारी घोषणा गरे भन्ने विषय गौण भएको बताएका हुन् । ‘केही संख्या थपेर भएपनि सहमति गरौं भन्ने सुझाव आएको छ । केन्द्रीय कमिटीले के निर्णय गर्छ भनेर मैले अहिलै भन्न सक्दिन,’ विष्टले भने ।  एमाले केन्...

सम्बन्धित सामग्री

पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

एमाले महाधिवेशनः यी हुन् पदाधिकारीमा प्रस्तुत हुने नाम

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा जारी छ । महाधिवेशनले आज नेतृत्व चयन गर्दैछ । आज दिउँसोसम्म नेतृत्वको घोषणा हुने र नेतृत्वले नै पदाधिकारी चयन गर्ने एमाले स्रोतको दाबी छ । बन्दसत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । शनिबार राति अबेरसम्म चलेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो । स्रोतका अनुसार प्रारम्भिक नामावली तयार भईसकेको छ । अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेलको चर्चा छ । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रघुजी पन्तको नाम तय भईसकेको स्रोतले जनाएको छ । यद्यपी, यी नाम अध्यक्ष ओलीले प्रस्तुत गरेपछि मात्रै ‘फाइनल’ हुनेछ ।सचिवमा योगेश भट्टराइ, विष्णु रिमाल, भानुभक्त ढकाल, रघुबीर महासेठ आउने स्रोत बताउँछ ।

‘पार्टी अध्यक्षमा निर्विरोध गर्नैपर्छ, बाँकी पदाधिकारीमा पनि सहमति गरौं’

१० मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ, तर नेतृत्व चयन सहमतिमा कि चुनाव मार्फत भन्ने अलमल कायमै छ । नेताहरूले सहमतिका लागि छलफल पनि जारी राखेका छन् । उनीहरूमध्ये एक सचिव गोकर्ण विष्ट पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई निर्विरोध बनाउनुपर्ने बताउँछन् । अरू पदाधिकारीमा पनि सहमति गर्नुपर्ने भन्दै उनी […]