एमसीसी संसदमा पेश गर्नै दिइएन : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन्।नयाँ वर्षका अवसरमा राष्ट्रका  नाममा सम्बोधन गर्दै उनले सभामुखको नाम नलिइकन उनले संविधान नमानेको आरोप लगाए।ओलीले भने, ‘नेपाली र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो। त्यो संसदमा टेबल गरेका छौं। निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हु

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् । सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा […]

एमसीसी संसदमा दर्ता गर्ने निर्णय गर्दा मन्त्रिपरिषदमा को–को थिए मन्त्री ?

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट उपस्थित रहेका थिए

एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै

संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले नेपाललाई फागुन १६ गतेसम्मको समय दिएको छ ।

एमसीसी संसदमा टेबल गरेपछि आएको नतिजा स्वीकार्छौं : प्रधानमन्त्री देउवा

कांग्रेसको सर्वसम्मत निर्णय अनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उहाँको भनाइ छ । एमसीसी पास गराउन एक मतले निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले आफू त्यसमा लागिराखेकाले फेल वा पास जे भए पनि राष्ट्रकै हितमा हुने पनि बताउनुभयो ।

देउवा-प्रचण्ड छलफल : आज एमसीसी संसदमा टेबल नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (फागुन ४ गते बुधबार) अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश नगर्ने सहमति भएको छ । माओवादी केन्द्रको संसदीय दल बैठकले एमसीसी सम्झौतामा रहेका असमान शर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई संसदमा टेबुल भएमा विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । …

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भएको ‘वान टु वाट’ वार्तामा सो सहमति भएको हो । उहाँहरुबीच बिहीबार सत्ता […]

एमसीसी संसदमा आज टेबल नहुने

एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।

एमसीसी संसदमा टेबल हुने निश्चित, बुधबार नै अनुमोदन अनिश्चित

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने पुन: समझदारी बनेको थियो । एमसीसी संसदमा बुधबार टेबल भएपनि बुधबार नै पारित गर्ने या नगर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

गठबन्धनका नेताबीच जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति

काठमाण्डाै – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधान...