जब रोजगार सेन्टरबाहिर ‘बोरिस जोनसन’ देखिए !

एजेन्सी । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एक रोजगार केन्द्र बाहिर देखिए । धेरैले उनलाई जब सेन्टर बाहिर देखिएपछि झुक्किए पनि । कतै उनी प्रधानमन्त्री पद गुमाएपछि बेरोजगार हुने डरले काम खोज्न पो पुगेका त थिएनन् ? तर लण्डनको एक रोजगार केन्द्रबाहिर देखिएका जोनसन नभएर उनीजस्तै देखिने मैनको मूर्ति भएको खुल्यो । जब सेन्टर बाहिर उभिएकोजस्तो देखिने जोनसनको मूर्ति ब्रिटिस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले निकै भाइरल भइरहेक