प्रदेश १ सरकारले ३८ अर्बको बजेट ल्याउने, यस्ता छन् विशेषता

प्रदेश १ सरकारले कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता राखेर भोलि अर्थात् असार १ गते आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेट ३२ अर्बको थियो । यस पटक बजेटको आकार २० प्रतिशतले बढ्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।‘चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत बजेट बढ्ने देखियो,’ बजेटको आकार बढाउनुको कारण प्रस्ट पार्दै मन्त्री आङ्बोले भने, ‘संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजस्व बाँडफाँटबाट करिब १०

सम्बन्धित सामग्री

प्रदेश १ : यस्ता छन् बजेटका मुख्य विशेषता

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट आज प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको जानकारी गराए । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, सं