सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्। जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्। मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले जोशीलाई रजिष्ट्रार नियुक्त गरेको हो।
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरहरूमा पनि सौर्य ऊर्जा राख्न सकिने गरी नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् । […]
ठाकुरबाबा– बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन्। बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् […]