कांग्रेस प्रदेश -२ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb

सम्बन्धित सामग्री

प्रदेश–२ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।  निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

कांग्रेस महाधिवेशन : कर्णालीमा आज मतदान, साविक कर्णालीभित्रै तीन प्रतिष्पर्धी

नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कालीकोटका भुपेन्द्रजंग शाही र मोतिराज बम तथा जुम्लाका ललितजंग शाहीले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारको टुंगो लागेसँगै कांग्रेसको प्रदेश...

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ।  प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने  छ।प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका