उनी २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा होमिएका थिए ।
यसपटक कोइरालालाई सत्ता गठबन्धनको साथ छ । यस हिसाबले उनी एमालेका प्रत्यासी लालबाबु पण्डितभन्दा बढी अनुकूलतामा छन् । यो निर्वाचन जिते पार्टीभित्र उनको ‘स्पेस’ स्वतः फराकिलो हुनेछ । त्यो अवस्थामा गुटको नाइकेबाट वैकल्पिक नेतृत्व बनेर कांग्रेसमा कोइराला परिवारको लिगेसी बलियो बनाउने उनको चाहना पूरा हुनसक्ने देखिन्छ ।
मोरङ – नजिकिँदो निर्वाचनसँगै मोरङ क्षेत्र नम्बर ६ बाट अन्य दलका उम्मेदवारी फिर्ता दिलाउन प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइराला सक्रिय रहँदै आएका छन्। शुक्रबार गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नेता कोइरालाको पहलमा क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका ५६ वर्षीय नारायण पासवानले उम्मेदवारी फिर्ता गरेका छन्। जग निर्वाचन चिह्नसहित बहुजन शक्ति पार्टीका […]
काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले…
चितवन, ३२ असार । नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना […]
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइरालाले आफूले हारेपनि पार्टीभित्र लोकतन्त्रले जितेको बताएका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘होइन्, मैले जितें वा जितिनँँ भन्ने भन्दापनि लोकतन्त्रको विजय भएको छ […]
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १० जना केन्द्रीय सदस्य मनोनयनमा पार्टी शेरबहादुर देउवाले गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेको समस्या के हो भने सभापतिले नै गुठबन्दी गर्न थालिसक्नुभयो […]
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका छन् । उनको टिमबाट गगन थापा र डा. मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका हुन् । थापाले उम्मेद्धवारी दर्ता गर्नुअघि आफ्नो जित निश्चित् रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै, उपासभापतिमा चन्द्र भण्डारी र धनराज […]
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् ।
शेखरले आफूलाई कन्भिन्स गर्ने र अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकको भनाइ छ ।
सोमवार सर्लाहीको हरिवनमा कांग्रेसका अगुवा कार्यकर्तालाई गरेको सम्बोधनमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा शेखरलाई समर्थन गर्ने संकेत गरेका हुन् ।
महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर कसैले नचिन्ने टिप्प...
प्रमुख सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । उनल आफूले सुरुदेखि नै यही भन्दै आएको पनि स्पष्ट पारेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोईरालाले […]