उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने (निर्वाचन आचारसंहिता)

स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ। आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ।