भत्किएका सडकले होटेल व्यवसायमा समस्या

मध्यविन्दु (नवलपरासी),२१ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उनको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड । ज्ञवालीले भने, “विगतमा दिनमै ७०/८० […]

सम्बन्धित सामग्री

किन बढेन होटेल अकुपेन्सी ?

नेपालमा पर्यटक आगमनको संख्या कोरोना शुरू हुनुअघिको अवस्थामा पुगे पनि होटेल व्यवसायीहरूले एक तिहाइमात्रै अकुपेन्सी रहेको भन्दै सरकारसँग विभिन्न सुधारको माग गरेका छन् । २०२३ को १० महीनामा पर्यटक आगमन संख्या ८ लाख नाघिसकेको छ र यो वर्ष १० लाख पर्यटक आगमन हुने भनी सरकारले दाबी गरेको छ । यो वर्ष यो संख्या पुग्ने देखिन्छ तर यतिका पर्यटक आए पनि होटेलहरूको अकुपेन्सी एकतिहाइ मात्रै भएको हो भने यतिका पर्यटक कहाँ बसे त ? भन्ने प्रश्न उठ्छ । पर्यटक संख्यामा उपलब्धि प्राप्त भए पनि यो संख्या अपुग हो भन्ने कुरा यसले देखाएको छ ।  पछिल्लो समयमा नेपालमा होटेलमा लगानी निकै बढेको छ । पाँचतारे होटेलहरू धमाधम खुल्दै छन् र केही निर्माणाधीन होटेलहरू निकट भविष्यमै सञ्चालनमा आउँदै छन् । होटेलको संख्या जति बढेको छ त्यसको दाँजोमा पर्यटक आगमन बढ्न सकेको छैन । आएका पर्यटक पनि तारेहोटेलमा नबसेर सामान्य होटेलमा बसेको देखिन्छ । त्यस्तै सरकारले पर्यटक आगमनको संख्या गणना गर्दा अध्यागमन कार्यालयले दिने तथ्यांकलाई आधार मानेको देखिन्छ । नेपाली नागरिकता त्यागेका गैरआवासीय नेपालीलाई पनि पर्यटकको संख्यामा गनेको देखिन्छ । ती नेपाल आए पनि होटेलमा बस्दैनन् । त्यसले पनि अकुपेन्सी दर कम भएको हुन सक्छ । जेहोस्, सरकारले पर्यटक आगमनलाई ऐतिहासिक भनेर उपलब्धि मानिरहँदा होटेलहरूले व्यवसाय नपाइरहेको तथ्य आएको छ । यसले नेपालमा बनेका पूर्वाधारको दाँजोमा पर्यटक निकै बढ्नुपर्ने देखाएको छ ।  पर्यटक आगमन बढाउन सरकारले खासै भूमिका खेलेको छैन । निजीक्षेत्र अर्थात् होटेल र ट्राभल एजेन्सीहरूको सक्रियताबाट मात्रै यति धेरै पर्यटक आएको देखिन्छ । सरकारले पर्यटन प्रवर्द्धनका लागि ठूला कार्यक्रम आयोजना गरेको छैन । नेपाल पर्यटन बोर्डलाई बजेट पनि खासै दिएको छैन । त्यस्तै पर्यटक आगमन बढाउन नेपालको कूटनीतिक क्षेत्रले कुनै रणनीति लिएको पनि पाइँदैन । यस्तोमा नेपालको प्राकृतिक विशेषताकै कारण पर्यटक नेपाल आएको देखिन्छ ।  नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन ।  अझ सरकारकै कारण पर्यटन व्यवसायमाथि असर पुगेको छ । सडक विस्तारको काम सुस्त हुँदा नेपालभित्र आवतजावत गर्न निकै सास्ती भइरहेको छ भने समय पनि बढी लाग्ने गरेको छ । काठमाडौंबाट पोखराको दूरी भनेको ३–४ घण्टामात्रै हुनुपर्ने हो ।  तर, सडक बिग्रिएकाले अहिले झन्डै १० घण्टा लाग्ने गरेको छ । यति दूरी विकसित देशमा भए एक डेढ घण्टाको मात्रै हो । सडक विस्तार र सुधार हुनुपर्छ, तर त्यसले यातायातलाई प्रभावित पार्नु हुँदैन । त्यस्तै सडकको यात्रा कष्टकर हुँदा हवाई भाडा निकै महँगो बनाइएको छ । यस्तोमा काठमाडौंमा झर्ने पर्यटक पोखरा, लुम्बिनी वा सौराहा जस्ता ठाउँमा पुग्न आत्तिने अवस्था छ । त्यसैले सडक पूर्वाधार तीव्र गतिमा सुधार हुन जरुरी छ ।  नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन । विदेशी मुद्रा आर्जनमा पर्यटन विप्रेषणपछिको महत्त्वपूर्ण स्रोत हो । त्यसैले पर्यटन व्यवसायमा देखिएका समस्या सुधार गर्न सरकार तयार हुनुपर्छ र व्यवसायीका सुझाव मनन गर्नु जरुरी छ ।  नेपाल आएका पर्यटकमध्ये अधिकांश पोखरा र त्यसआसपासका क्षेत्रमा बढी पुग्ने गरेका छन् । ती क्षेत्रले पर्याप्त पर्यटक पाएको अनुमान गर्न सकिन्छ । पोखराकै पनि तारे होटेलहरूको अकुपेन्सी शतप्रतिशत छैन । अहिले पदयात्रा क्षेत्रमा देखिएको भीड नेपाली पर्यटकको हो । यसले पर्यटनलाई भरथेग गरे पनि पर्याप्त लाभ भने दिँदैन । त्यसैले पर्यटन प्रवर्द्धनका भरपर्दा कार्यक्रम चलाउन आवश्यक छ । त्यस्तै सडक पूर्वाधारमा निकै सुधार गर्नु जरुरी छ । लाखौंलाई रोजगारी दिने यस व्यवसायलाई पूर्णक्षमतामा सञ्चालन हुन दिन सरकारले आफ्ना तर्फबाट पूरा सक्रियता देखाउन ढिला गर्नु हुँदैन ।

ठमेलमा थपिए २०० होटेल

काठमाडौं। नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गन्तव्य काठमाडौंको ठमेल क्षेत्रमा होटेलहरूको संख्या थपिएको छ । कोभिड–१९ का कारण थाती राखेका होटेल पूर्वाधार बनाउने योजनालाई व्यवसायीहरूले पुन: अघि बढाएसँगै ठमेल क्षेत्रमा होटेलको संख्या थपिएको हो ।  सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै भ्रमण वर्षलाई लक्ष्य गरेर ठमेल क्षेत्रमा थप होटेल तथा रेस्टुराँ खोल्ने योजना व्यवसायीले बनाएका थिए । तर, सन् २०२० को शुरूमै कोरोना महामारीले पर्यटकीय चहलपहल सुस्ताएपछि व्यवसायीले योजना थाती राखेका थिए । कोरोना न्यून भएसँगै व्यवसायीहरूले लगानी बढाउँदा यो क्षेत्रमा उक्त संख्यामा होटेल थपिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले जानकारी दिए । सरकारले सन् २०१९ मा सन् २०२० लाई नेपाल भ्रमण वर्षको मनाउने घोषणा गरेको थियो । त्यसलाई लक्ष्य गरेर व्यवसायीले होटेल र रेस्टुराँ व्यवसायमा लगानी थप्ने तथा नयाँ लगानी गर्ने योजना बनाएका थिए । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने महत्त्वाकांक्षी घोषणा गरेको थियो ।  तर, त्यही समयमा देखिएको कोभिड–१९ का कारण व्यवसायीले आफ्ना परियोजनाहरू ‘होल्ड’ गरे । ‘कोभिड न्यूनीकरण भएपछि पूर्वाधारहरू धमाधम थपिएका छन्,’ शर्माले भने, ‘कतिपय निर्माणाधीन अवस्थामा छन्, व्यवसायीहरूले रोकेर राखेका पूर्वाधारहरू बनाउँदा यहाँ थप ४० प्रतिशत क्षमता विस्तार भएको हो ।’ कोरोनाकै बीच तथा यो भाइरस साम्य हुँदै गर्दा यो क्षेत्रमा पाँचतारे स्तरका अलफ्ट, बाराहीदेखि पर्यटकीय स्तरका काठमाडौं आगन्तुक, कैलाशकुट, सूर्यलगायत होटेल थपिएका छन् । कोरोना महामारीपछि यो क्षेत्रमा रहेका विभिन्न व्यवसायको तथ्यांक संकलन गर्ने काम जारी रहेको शर्माले जानकारी दिए । ‘सोही तथ्यांक संकलनका क्रममा हाल यो क्षेत्रमा कुल ५७३ ओटा होटेल व्यवसाय सञ्चालनमा रहेको पाइएको छ,’ शर्माले भने, ‘कोरोनाअघि सन् २०१९ सम्ममा यो क्षेत्रमा ३७३ होटेल सञ्चालनमा थिए ।’ उनका अनुसार यो संख्यामा पाँचतारेदेखि पर्यटकीय स्तरका होटेल समेटिएका छन् ।  होटेलमा लगानी थपिँदा क्षमतासमेत विस्तार भएको छ । हाल दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा यस क्षेत्रमा होटेल पुगेको उनको भनाइ छ । होटेल पूर्वाधार बढे पनि पर्यटक भने पर्याप्त आएको अवस्था छैन । कोभिडअघि यो क्षेत्रमा दैनिक सरदर ५ हजारदेखि ७ हजारसम्म पर्यटक आइपुग्थे । परिषद्का अनुसार हाल उक्त संख्या दैनिक ४ हजारदेखि ५ हजारसम्म छ ।  मुलुकमा आउने पर्यटक संख्या बढेसँगै ठमेल पुग्नेको संख्या पनि बढेको छ । ‘यद्यपि यो पर्याप्त भने होइन,’ शर्माले भने, ‘अहिले यहाँका होटेलहरूको अकुपेन्सी नै ४० देखि ५० प्रतिशतसम्म छ । तर, पर्यटकीय सिजनको अन्तिमसम्ममा ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुग्ने हाम्रो आकलन छ ।’ ठमेलमा अहिले पाँचतारेदेखि पर्यटकीय स्तरका गरेर ५७३ होटेल सञ्चालनमा छन् । सन् २०२० यताका वर्षहरूको तुलनामा सन् २०२३ को शुरुआतदेखि नै नेपालमा पर्यटक आगमन बढेको छ । ‘एउटा होटेलमा कम्तीमा ३० कोठाको हिसाब गरेका हुन्छौं त्यस आधारमा दैनिक ३४ हजार ३८० जना पर्यटकलाई सेवा दिने क्षमता छ, यहाँ आउने पर्यटक २ देखि ३ दिन बस्छन्,’ शर्माले भने । सेप्टेम्बर तेस्रो सातादेखि नेपालमा पर्यटकीय सिजन पनि शुरू भएकाले यो क्षेत्रमा पनि पर्यटक आगमन र बसाइ बढ्नेमा यो क्षेत्रका व्यवसायी आशावादी देखिन्छन् । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक सुरक्षा, २४ घण्टा नै पर्यटकलाई सेवासुविधा दिने गरी रात्रिकालीन व्यवसाय सञ्चालनका विषयमा पनि परिषद्ले तयारी गरेको छ । आइतवार ठमेल क्षेत्रका होटेल व्यवसायी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका प्रहरी प्रमुखको उपस्थितिमा परिषद् र होटेल एशोसिएशन नेपाल (हान)ले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।  सो अवसरमा हानका महासचिव साजन शाक्यले पर्यटकको गन्तव्य बनेको ठमेलमा उनीहरू ढुक्क भएर घुम्न पाउने वातावरण बनाउन सहकार्य आवश्यक रहेको बताए । कोभिडअघिको तुलनामा यो क्षेत्रमा होटेल तथा रेस्टुराँको संख्या बढ्नुका साथै ट्राभल कम्पनीहरू पनि थपिएको भन्दै उनले रात्रिकालीन व्यवसायका लागि पनि प्रहरी–व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए । यस्तै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख चतुर्भुज ओझाले ठमेल पर्यटन र यहाँको व्यवसायलाई सघाउन प्रहरी प्रशासन लागिपर्ने बताए । कानून नमिचिने गरी व्यवसायलाई सघाउने भन्दै ओझाले भने, ‘व्यवसायीले पनि कानूनको पालना गर्नुपर्छ, छिटोछिटो लाभ लिनेभन्दा पनि कानूनको अधीनमा रहेर काम गरौं । पर्यटन प्रवर्द्धन र सुरक्षामा सहकार्य गरौं ।’

धर्मशालामा चलाएको होटल बन्द नगर्न अदालतको आदेश, आदेश आउनुअघि नै कोषले लगायो ताला

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको व्यवसायमा कुनै असर पर्ने काम नगर्न अन्तरकालीन आदेश दिएको छ। बतास समूहका तर्फबाट अञ्जली रायमाझीले दिएको निवेदनमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलालसले मुद्दाको टुंगो नलागेसम्म व्यवसायमा असर पर्ने काम नगर्न आदेश दिएको हो। पर्यटन मन्त्रालयको निर्देशनमा पशुपति क्षेत्रविकास कोषले बताससँग गरेको सम्झौता रद्द […]

होटेल अकुपेन्सी ३५% सम्म पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो । कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल (हान) की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको बताइन् । अहिले आन्तरिक पर्यटक र भारतीय पर्यटकका कारण होटेल क्षेत्र चलायमान बनेको उनको भनाइ छ । ‘युक्रेन–रसिया युद्धका कारण यूरोपेली पर्यटक आगमनमा असहज अवस्था देखिएको छ,’ राणाले भनिन्, ‘त्यस कारण पनि नेपालले आन्तरिक र नजिकका पर्यटकीय बजारलाई लक्षित गरेर रणनीति बनाउनुपर्छ ।’ नेपालले गन्तव्य पहिचान र त्यसको मार्केटिङलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् । अहिले भारतीय पर्यटक नै बढी आएकाले सीमावर्ती क्षेत्रमा नमस्ते डेक्स स्थापना गरेर उनीहरूलाई राम्रो वातावरण दिन तालीम आवश्यक रहेको राणाले बताइन् । काठमाडौं प्रिन्स होटेलका कार्यकारी निर्देशक तथा हानका महासचिव साजन शाक्यले औसतमा होटेलहरूको अकुपेन्सी बढेको जानकारी दिए । सन् २०२१ को अन्तिम महीना र सन् २०२२ को शुरू महीना जनवरीको तुलनामा फेब्रुअरी र मार्चकै यो अवधिसम्ममा होटेलहरूको व्यवसायमा सुधार देखिएको उनले बताए । ‘मार्च र अप्रिल पनि पर्यटकीय सिजन हुन्,’ शाक्यले भने, ‘यो सिजनमा ट्रेकिङका लागि आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेकाले होटलहरूको व्यवसायमा सुधार हुने देखिन्छ, यद्यपि जति पर्यटक आउने हो, त्यो संख्यामा भने आएका छैनन् ।’ अप्रिलका लागि पनि बुकिङ भएको र यसका लागि पर्यटकबाट चासो आएको उनको भनाइ छ । यसैगरी हानको पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचन्दले ‘नाइट स्टे’ घट्दा अकुपेन्सीमा उल्लेख्य सुधार हुन नसके पनि पर्यटकीय गतिविधिहरू बढेको बताए । केही मात्रामा विदेशी पर्यटक बढे पनि आन्तरिक पर्यटकको उपस्थिति भने उल्लेख्य रहेको उनले बताए । अहिले यूरोपेली देशका पर्यटकको संख्या निकै कम रहेको उनले बताए । उनका अनुसार पोखराका होटेलहरूको अकुपेन्सी १० प्रतिशत रहेको भए पनि पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । पोखरा आएर बागलुङ, मुक्तिनाथ तथा ट्रेकिङमा जानेको संख्या वृद्धि हुँदा सुधार देखिएको हो । रूपन्देहीको भैरहवा क्षेत्रमा भने भारतीय पर्यटकका कारण गतिविधि बढेको त्यहाँका व्यवसायी बताउँछन् । सिद्धार्थ होटेल एशोसिएशन नेपालका अध्यक्ष सीपी श्रेष्ठले भारतीय पर्यटकको आगमनमा देखिएको सुधार र विभिन्न प्रोजेक्ट वर्कका कारण आउने पर्यटकले यहाँका होटेलहरूको व्यवसायमा सुधार देखिएको बताए । अहिले होटेलहरूको अकुपेन्सी न्यूनतम २५ देखि ३० प्रतिशत रहेको भन्दै उनले अहिले होटेलहरूको खर्च धानिने अवस्था रहेको उल्लेख गरे । यसैगरी भारतका महाराष्ट्रलगायत राज्यबाट १५ प्रतिशतसम्म बुकिङ भइसकेको उनको भनाइ छ । कोरोनाकै अवधिभन्दा सन् २०२२ को फेब्रुअरीमा पर्यटक आगमनमा दोब्बरको वृद्धि छ । नेपाल पर्यटन बोर्डका अनुसार ३३ मुलुकबाट जनवरी र फेब्रुअरी गरी २ महीनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ । उनीहरुले

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ । उनीहरुले

क्वारेन्टाइन होटेल चयनमा भेदभाव

कोरोना महामारीको दोस्रो लहरलाई कम गर्न सरकारले मुलुकका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित छन् । तर, तीमध्ये पर्यटन क्षेत्र सर्वाधिक प्रभावित क्षेत्र भनेर सरकारले समेत स्वीकारेको छ । गतवर्षको बन्दाबन्दी र निषेधाज्ञा हटे पनि पर्यटन क्षेत्रले गति लिन सकेन । विश्वभर कोरोनाविरुद्ध व्यापक रूपमा खोप नलगाई पर्यटन क्षेत्र पुरानै लयमा फर्कने सम्भावना देखिएको छैन । सरकारले तीनओटा देशमा उडान शुरू गर्नु र यी उडानबाट आएका नेपाली तथा गैरनेपालीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी होटेलहरू तोक्नु यस व्यवसायका लागि मलमपट्टी हो । पर्यटन क्षेत्रले सरकारबाट विशेष राहतको अपेक्षा गरेको छ । बजेटले केही नीतिगत सहयोग गर्नुका साथै कर छूटलगायत केही राहतको व्यवस्था गरेको छ । यो सकारात्मक कदम भए पनि निजीक्षेत्रले अपेक्षा गरेअनुसार भने निकै कम छ । पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिएर व्यवसायीको पुरानो मागलाई सम्बोधन गरेको छ । यसका लागि सरकारलाई धन्यवाद दिनुपर्छ । महामारीको चपेटामा परेर पर्यटन क्षेत्रका धेरैजसो व्यवसायी विस्थापित भइसकेका छन् । अब तिनलाई पर्यटनमा फर्काउन त्यति सहज छैन । कतिको लगानी डुबेर बिचल्लीमा परेका छन् । पर्यटन व्यवसायमा होटेल व्यवसायी बढी मर्कामा छन् । तिनमा पनि भाडामा घर लिएर व्यवसाय गर्नेहरूको पीडा व्यक्त गरेर साध्य छैन । नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छाबाबुको अनुहार भनेजस्तो भएको छ अहिले होटेल व्यवसाय । उपत्यकाबाहिरको साना होटेलहरूले निषेधाज्ञा लगाउनुअघि गत केही व्यवसाय गरेर सञ्चालन खर्च उठाउन पाएका थिए । बाह्य पर्यटक लक्षित साना तथा मझौला होटेलहरूले आन्तरिक पर्यटन खासै पाउन सकेनन् । त्यसैबीच भारतबाट आएका केही पर्यटकका कारण फाट्टफुट्ट व्यवसाय यस्ता होटेलले पाएका थिए । तारे होटेलहरूले पनि खासै व्यवसाय पाएका छैनन् । यस्तोमा सरकारले दिएको कर छूट र विद्युत् शुल्कको छूटजस्ता सहयोग ‘हात्तीको मुखमा जीरा’ मात्रै भएको छ । सरकारले तीनओटा देशमा उडान शुरू गर्नु र यी उडानबाट आएका नेपाली तथा गैरनेपालीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी होटेलहरू तोक्नु यस व्यवसायका लागि मलमपट्टी हो । भारतीयहरू आएर होटेलमा क्वारेन्टाइनमा बस्दा केही व्यवसायीलाई राहत नै भएको छ । तर, क्वारेन्टाइनका लागि सरकारले होटेलहरू चयन गर्दा पनि पारदर्शिता अपनाएन, इच्छुक होटेलहरूलाई सूचीमा राखेन । यो भेदभावले गर्दा सरकारको नियतमाथि व्यवसायीहरूले शंका गरेका छन् जुन स्वाभाविक पनि छ । सरकारले भारतलगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ ओटा होटेललाई क्वारेन्टाइन होटेल बनाएको हो । पर्यटन विभागमा दर्ता भएका ७८ ओटा होटेललाई क्वारेन्टाइन होटेलको रूपमा सूचीकरण गरिएको हो । यिनमा पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ ओटा होटेलको नाम सार्वजनिक गरिएको छ । बिहीवारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ । उक्त चार गन्तव्यबाट नेपाल आउने यात्रुका लागि उक्त होटेललाई क्यारेन्टाइन बनाइएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकबाट आउने नेपालीलाई ५ दिन बसे पुग्छ भने विशेष परिस्थिति भएकालाई होम क्वारेन्टाइनमा पठाउने व्यवस्था पनि रहेको छ । यही क्वारेन्टाइनका लागि होटेलहरू चयन गर्दा होटेल व्यवसायीहरूको संगठनसँग छलफल गरिएन । सबैलाई यो सुविधा दिइएन । सरकारले केकस्तो आधार र मापदण्डका आधारमा ७८ ओटा होटेलहरू चयन गरेको हो स्पष्ट पारेको छैन । धेरै व्यवसायी आफ्ना होटेलमा पनि क्वारेन्टाइन सेवा दिन तयार छन् । यो सेवाबाट भए पनि सञ्चालन खर्च वा सञ्चालन पूँजीको जोहो गर्न पाए उनीहरूले राहत पाउने थिए । त्यही भएर धेरै होटेल क्वारेन्टाइन सेवा दिन तयार भएका हुन् । गतवर्षको निषेधाज्ञाका बेलामा क्वारेन्टाइनका लागि इच्छाएका व्यवसायीलाई अवसर दिइएको थियो । तर, यसपटक भने यस्तो भएन । विभागले सार्वजनिक गरेको ७८ ओटा होटेलमध्येमा पाँचतारे स्तरका ७ ओटा होटेल रहेका छन् । यस्तै, चारतारे स्तरका ७ होटेल क्वारेन्टाइनका रूपमा सूचीकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटेल र दुई रिसोर्ट पनि क्वारेन्टाइन सूचीमा समावेश छन् । यी होटेलहरूलाई चयन गर्नुको आधार स्पष्ट खुलाइएको छैन । घना बस्ती भएको ठाउँमा रहेका होटेलहरूलाई क्वारेन्टाइन गर्न नदिने भनी सरकारी अधिकारीको भनाइ आएको पाइन्छ । तर, रिसोर्टबाहेक सबैजसो होटेलहरू घना बस्तीमै रहेका छन् । के आधारमा ती होटेल चयन गरियो भन्ने कुराको चित्तबुझ्दो जवाफ छैन । त्यसैले क्वारेन्टाइनका लागि होटेल चयन गर्दा सरकारले आफन्तहरू वा कुनै सम्पर्क सूत्र भएकाहरूलाई छानेको देखिन्छ । नेपालको पर्यटन केन्द्र मानिएको ठमेलमा सयौं होटेल छन् । ती पर्यटकस्तरीय होटेलदेखि तारे होटेलसम्म रहेका छन् । ठमेलमा भएका होटेलहरूले अन्यत्रभन्दा बढी भाडा तिर्नु परेको छ । उनीहरूमध्ये केही क्वारेन्टाइनको सेवा दिन तयार छन् । तर, उनीहरूलाई त्यो अवसरबाट वञ्चित गरिनु भनेको भेदभाव हो । कोही यो सेवा दिन तयार छैनन् भने त्यो उनीहरूको इच्छा हो । अर्को, कोरोनाको महामारी निकै समयसम्म लम्बिने देखिन्छ । यस्तोमा विदेशबाट आएका पर्यटकलाई सेवा दिन पनि भोलिका दिनमा यस्तै सूचीकृत होटेलले मात्रै अवसर पाउने सम्भावना छ । त्यसो हुँदा सरकारले व्यवसाय गर्न सबैलाई समान अवसर दिनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गरी करदाताहरूलाई विभेद गरिनु हुँदैन । त्यसैले यो सूचीमा दर्ता भई सञ्चालनमा रहिरहेका सबै होटेललाई स्वेच्छाले यस्तो सेवा दिन पाउने व्यवस्था गरिनुपर्छ । यही व्यावसायिकता हो । होटेललाई क्वारेन्टाइन बनाउँदा हुने आय पक्कै पनि ठूलो होइन । यसले होटेललाई मुनाफामा लैजाने पनि होइन । होटेल सञ्चालनका लागि केही रकमको जोहो मात्रै हुने हो । तर, पनि सरकारले व्यवसायीहरूमाथि भेदभाव गर्नु हुँदैन । उसले दिने अवसर सबैका लागि समान हुनुपर्छ । आइन्दा सरकारी संयन्त्रको यसमा ध्यान जानु जरुरी छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति

काठमाडौं । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल जारी गरिएको निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसाय ठप्प हुँदा यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेको हो । व्यवसाय नै ठप्प भएर कामदारलाई तलब दिन नसक्ने अवस्था सृजना भएपछि रोजगारी गुम्ने क्रम बढेको हो । निषेधाज्ञाका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मन्दिर बन्द छन् भने भोजभतेरलगायत कार्यक्रमसमेत बन्द रहेका छन् । यसले गर्दा फूलको कारोबार पनि ठप्प भएको छ । वैशाख र जेठमा विवाह व्रतबन्धजस्ता कार्यक्रम बढी हुने भएकाले फूलको कारोबार पनि बढी हुने गर्थ्याे । तर, अहिले व्यवसायीका फार्म र नर्सरीमा फुलेका फूलले बजार पाएका छैनन् । फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार नेपालको पुष्प व्यवसायमा वार्षिक २ अर्ब ६० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गर्छ । यही आधारमा हिसाब गर्ने हो भने हाल देशभरिको पुष्प व्यवसायमा दैनिक करीब १ करोड रुपैयाँ बराबरको क्षति भइरहेको उनको अनुमान छ । । ‘यो अनुमानित हो, वास्तविक क्षति अझै बढी हुन सक्छ । एशोसिएशनले चाँडै पूर्ण क्षतिको विवरण सकंलन गर्ने तयारी थालेको छ,’ उनले भने । फ्लोरी कल्चर एशोसिएशनको तथ्याङ्कअनुसार यस व्यवसायमा देशभरिमा ६ अर्बको लगानी रहेको छ । यो हाल ४३ जिल्लामा फैलिएको छ । यसबाट ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । नर्सरीहरूसँग सिजन अनुसारका मौसमी फूल र फार्महरूसँग एकवर्षे र बहुवर्षे फूलहरूको उत्पादन हुन्छ । तर, निषेधाज्ञाका कारण यी सबै फूल नष्ट भएको एशोसिएशनको भनाइ छ । फूल उत्पादक किसान विनोद श्रेष्ठ निषेधाज्ञाकै कारण काभ्रेस्थित आफ्नो फार्ममा जान सकेका छैनन् । ‘फार्ममा रहेका कामदारमध्ये कतिपयले काम छाडेर गइसकेका छन् । अब फुलेका फुलको त हामीलाई आशा छैन । माउ बिरुवासमेत जोगाउन गाह्रो भइरहेको छ,’ उनले भने । उत्पादन भएका सबै फूल खाल्डोमा गाडेर नष्ट गर्ने तथा कम्पोस्ट मल बनाउन थालिएको उनले बताए ।

ठूला घरानाको होटेल आकर्षणः मेची र कोशीमा थपिँदै ३५ अर्ब लगानी

२२ पुस, विराटनगर । प्रदेश-१ का मेची र कोशी अञ्चलमा होटेल व्यवसायमा लगानी थपिने क्रम बढेको छ । हरेक वर्ष सुविधा सम्पन्न होटेल निर्माण तीव्र छ । लगानीको जोखिम कम र मुनाफा बढी हुने भएकाले ठूला व्यापारिक घराना पनि उक्त व्यवसायमा आकर्षित हुन थालेका छन् । यस वर्ष मात्र नयाँ तारे …