१० लाखभन्दा बढी रकमसहित ४ जना प्रहरी नियन्त्रणमा

सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार […]

सम्बन्धित सामग्री

फास्ट ट्रयाकको फलाम चोर्ने ४ युवा प्रहरी नियन्त्रणमा

निजगढ–काठमाडौं फास्टट्रयाक निर्माणको लागि राखिएको निर्माण सामग्री चोरी गर्ने चार जना युवालाई मकवानपुर प्रहरीले सामान सहित पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ जीतपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणका लागि राखिएका फलामका सामान चोरेर बिक्री गर्न लैजादै गर्दा प्रहरीले चारजना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्रबहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोपका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार फलामको सामन करिब एक मेट्रिकटन भन्दा बढी रहेको प्रहरीले बताएको छ । चोरी गरिएका फलामका सामन ना ५ ख १४४३ नम्बरको बोलेरो गाडीमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जीतपुरका प्रहरीले नियन्त्रणमा लिएको हो ।शुक्रबार बिहान १ः३० बजे (मध्यरातमा) बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिडेको बा ५५ च ८५०२ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र चोरीमा संलग्न ४ जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चारजना प्रहरी नियन्त्रणमा

तिब्बतियन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलुखुम्बुका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले सोलुदुधकुण्ड नगरपालिका २ बाट शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो...

फरार सूचीका ५ अभियुक्त प्रहरी नियन्त्रणमा

अघिल्लो दिन ३ जना फरार पक्रेको उदयपुर प्रहरीले बुधबार थप ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भईसके पनि भाग्दै आएका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको हो ।...

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने ...